INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

५३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा छिपरमाई गाउँपालिका-२ का ५३ वर्षीय मोतिलाल यादबविरुद्ध पीडित पक्षले ०८१ फागुन २० गते जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिनुभएको छ ।

पीडित महिलालाई आरोपितले ०८१ फागुन १९ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप रहेको छ । उजुरी पश्चात आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयको डिएसपी सुवास भट्टले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ परिक्षण नारायणी अस्पताल पर्सामा फागुन २० गते भयो ।

अन्य

भिडियो