INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लामा सचेतनाको अभावले घरेलु हिंसा बढ्दै !

पाल्पामा उचित सचेतनाको अभावमा घरेलु हिंसा बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूमा समय समयमा घरेलु हिंसा विरुद्धका अभियान तथा कार्यक्रम सञ्चालन गरिए पनि उक्त कार्यक्रमको प्रभाव भने व्यवहारत देखिएको छैन ।

स्थानीय तहहरूले समस्याको पहिचान नगरी औपचारिक कार्यक्रमलाई मात्र मात्र ध्यान दिँदा नतिजा देखिने गरी अभियान प्रभावकारी हुन नसकेको हो । स्थानीय तह, प्रदेश सरकार मातहतका कार्यालय र प्रहरीले सञ्चालन गरेको घरेलु हिंसा विरुद्धको अभियान सञ्चालन गर्ने गरेका छन् । ती अभियानले वास्तविक हिंसा पीडित महिला, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला तथा पुरुषलाई छुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयमा तीन वर्षअघि घरेलु हिंसाका ८१ ओटा उजुरी परेको थियो । त्यसमध्ये अधिकांश उजुरी मिलापत्रमा टुङ्ग्याइएको थियो । पीडितको समझदारीमा पीडितको लिखित प्रतिबद्धतापछि दुई पक्षीय छलफल मार्फत अधिकांश उजुरीहरूलाई मिलापत्रका माध्यमबाट टुङ्ग्याउने गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दले बताउनु भयो ।

पछिल्लो तीन वर्षको अवधिमा घरेलु हिंसाका १ सय ७८ ओटा उजुरी दर्ता भएकोमा १ सय ७ ओटा उजुरी मिलापत्रको माध्यमबाट टुङ्ग्याइएको र ७१ ओटा उजुरी अदालती प्रक्रिया गएको एसपी चन्दले बताउनु भयो । यसरी उजुरी दिनेहरूमा घरेलु हिंसामा पतिले कुटपिट गरेको, खान बस्न नदिएको, दोस्रो विवाह लगायतका घटनाका पीडित महिला रहेका छन् ।

अन्य

भिडियो