INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला गोडैटा नगरपालिका– ९ बकनिया घर भई ललितपुर महानगरपालिका –३ पुल्चोक बस्ने २४ वर्षीय शिवशंकर पण्डितलाई ०८१ फागुन २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले ०८१ माघ २८ गते ललितपुर महानगरपालिका –३ पुल्चोकस्थित आरोपितको निवासमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३० गते दिएका थिए । प्रहरीले आरोपितलाई फागुन २६ गते जावलाखेल चोकबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०८१ फागुन २६ गते पाटन अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो