४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–४ का ३५ वर्षीय योगेन्द्र यादवलाई प्रहरीले ०८१ फागुन २४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले फागुन २४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २४ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २४ गते भिम अस्पताल, भैरहवामा भयो ।