उमाकुण्ड गाउँपालिका वडा नं. ३ का वडा सदस्य ३२ वर्षीया शर्मिला नेपालीले २०८१ फागुन २४ गते सोही स्थानका ५२ वर्षीय छोक्पा शेर्पाले सार्वजनिक कार्यक्रममा जातीय विभेद गरेको भनि ०८१ फागुन २५ गते वडा कार्यालयमा निवेदन दिनुभएको छ ।
नेपालीले चिर्मालुमा ०८१ फागुन २४ गते आयोजित सार्वजनिक कार्यक्रममा दलित समुदायमाथि विभेद गरेको भनि वडा कार्यालयमा निवेदन दिनुभएको हो ।
चिर्मालुमा नवनिर्मित बौद्ध स्तुपा अर्थात् झ्याङछुब छ्योर्तेनको उद्घाटन कार्यक्रममा शेर्पाले वडासदस्य नेपालीसहित अन्य दलित महिलाहरूलाई सामूहिक भोज खान बसेको लाइनबाट अपमानजनक तरिकाले हटाएको उहाँको गुनासो छ ।
भोज खान बोलाएकोमा लाइनमा बसेका दलित महिलालाई अपमानजनक तरिकाले लाइनबाट हटाएर विभेद गरेकोले पीडकलाई कारबाही गरिपाउँ भनि उहाँले निवेदन दिनुभएको हो ।
जातीय विभेदविरुद्ध परेको घटनाको विषयमा स्थानीय मेलमिलाप सेवा केन्द्रमा दुई पक्ष राखी ०८१ फागुन २५ गते भएको छलफलमा कोही कसैले पनि सामाजिक भेदभाव गर्न नहुने र यस्तो कुरालाई अगाडि सार्नेलाई कानुन बमोजिम कारबाही अगाडि बढाउने गरी दुई पक्ष बीच मिलापत्रको कागज गरिएको गरिएको छ । जाति विभेदका घटनामा मेलमिलाप गराउन नमिल्ने भए पनि मेलमिलाप केन्द्रले मेलमिलापको कागज गराएको छ ।