INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-४ का २८ वर्षीय मुना भनिने महेन्द्र कुमार चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा ०८१ फागुन २३ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।

पीडित पक्षले बालिका घरमा एक्लै भएको मौका छोपी ०८१ फागुन १४ गते आरोपितले बालिकालाई धाक धम्की दिई बलात्कार गरेको बताउनु भयो ।

घटनापश्चात आरोपित चौधरी फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर उमाकान्त जोसीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो