१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका-६ का २७ वर्षीय दिपेश कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा ०८१ फागुन २२ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।
आरोपितले ०८१ फागुन ११ गते पीडित बालिकालाई आफ्नो किराना पसलमा बोलाई केही सामान दिन्छु भनी प्रलोभनमा पारी बलात्कार गरेको पीडित पक्ष आरोप रहेको छ ।
घटनापश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय, बरहथवाका डिएसपी मुक्तीनाथ सापकोटाले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।