INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८१ फागुन २३ गते बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका–४ को २० वर्षीय प्रवेश शाहविरुद्ध सोही दिन पीडित पक्षले इलाका प्रहरी कार्यालय यदुकुहामा उजुरी दिनुभएको छ ।

पीडित बालिका घरमा एक्लै रहेको अवस्थामा आरोपितले धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षको आरोप रहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २३ गते जनकपुरधामस्थि प्रादेशिक अस्पतालमा भयो ।

घटनापश्चात आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालयक, यदुकुहाका इन्स्पेक्टर ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

अन्य

भिडियो