INSEC Online

📅 २०८३ जेष्ठ २१

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।   ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष समारोहको आयोजना गरेको थियो ।

समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर, आर्थिक सशक्तीकरण, स्रोत साधनमा पहुँच बढाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिए पनि व्यवहारमा विभेद अन्त्य हुन नसकेको धारणा राख्नु भयो । मन्त्री सुडीले महिलाको सम्मान नहुने घर ‘नरक’ सरह हुने टिप्पणी गर्नुभयो।

3d517746-f692-47e7-bcb4-49591a6e79ee

पुरुष र महिलामा कानुनी रुपमा कुनै विभेद नभए पनि व्यावहारिक रुपमा अझै कायम रहेको र यसलाई हटाउन सरकार लागिरहेको सुडीले बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउने र नघटाउने भन्नेबारेमा आयोगले अध्ययन गर्ने बताउनु भयो। उहाँले समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना निम्त्याइरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको बताउनु भयो । तर, आयोगले सातवटै प्रदेशमा अध्ययन गरेर सरकारलाई यसबारेमा सुझाव दिने प्रतिबद्धता जनाउनु भयो। सरकारले विवाह गर्न पाउने उमेर २० वर्ष राखेको र यसले महिलाको स्वास्थ्यको ख्याल गर्दै २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने संवैधानिक व्यवस्था गरिए पनि कतिपय स्थानमा अझै बालविवाह बढ्दो रहेको उहाँको भनाइ छ।

9cd19fc3-a32a-4954-9f6b-8923c1a730b0

त्यसैगरी, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राणा मगरले सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणका लागि महिला पुरुषबिच समान अधिकार हुनुपर्ने बताउनु भयो। उहाँले आफ्नो हक अधिकारका लागि महिलाहरू एकताबद्ध भएर लड्नुपर्ने बताउनु भयो ।

सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्ने तर अर्कोतिर यसमै खेल खेल्ने कुराले कहिल्यै परिवर्तन हुन नसक्ने उहाँको भनाइ छ ।

f8a5bbbc-90b4-4150-8774-1f3b1cf7643e

यसै गरी, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरू अक्षरशः पालना भए मात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताइन् । कानुन बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्ने कुरामा पछि परेको उनको भनाइ थियो ।

सोही कार्यक्रममा शारीरिक सुगठन खेलाडी रजनी श्रेष्ठ र महिला उद्यमी रेखा शर्मा चौधरीले आफ्नो संघर्षका कथाबाट सफलता पाएको बताउनु भयो  । शक्ति समुह नामक गैरसरकारी संस्थाले चेतनामुलक नाटक प्रस्तुत गरेको थियो ।

अन्य

भिडियो