INSEC Online

📅 २०८३ जेष्ठ २१

कोटीहोम भूमिपुजन रोक्ने क्रममा झडप हुँदा १९ जना घाइते

पोखरा महानगरपालिकास्थित लेकसाइडमा गर्न लागिएको कोटिहोमको भूमिपुजन कार्मायक्रममा ०८१ फागुन २३ गते बिहान झडप हुँदा १९ जना घाइते भएका छन् । महानगरपालिकाकाे अनुमति बिना काेटीहोम गर्न लागिएकाे भन्दै कोटिहोम गर्ने पक्ष र नगर प्रहरीबिच झडप भएको हो ।

झडपमा लाठीचार्ज हुँदा पोखरा महानगरपालिका–६ लेकसाइडका ४४ वर्षीय मनोज पहाडी, ४६ वर्षीय सन्तोष भूषाल, ४५ वर्षीय कुमार बस्नेत, ४१ वर्षीय सुनिल श्रेष्ठ, ३० वर्षीय अनुप दवाडी, ३० वर्षीय सोमनाथ सुवेदी, भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–५ घरभई पोखरा घुम्न आएका ४५ वर्षीय पुष्प बडु, रामेछाप जिल्ला गोकुलगंगा नगरपालिका–२ छोसो घर भई पोखरा आएका २२ वर्षीय मिलन शेर्पा, कैलाली जिल्ला धनगढी महानगरपालिका–१२ घर भई पोखरा घुम्न आएका २१ वर्षीय खेमराज बिक, पोखरा महानगरपालिका–६ लेकसाइडका २३ वर्षीय उमेश पराजुली र २५ वर्षीय राज पुरी घाइते भए । घाइतेहरूको मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भयो।

त्यसैगरी झडपमा परी महानगरीय प्रहरीहरूमा पोखरा महानगरपालिका–१७ बिरौटाका २६ वर्षीय भुवन थापा, सोही महानगरपालिका–२५ हेम्जाका २७ वर्षीय सिमान्त थारु, सोही महानगरपालिका–८ सृजनाचोकका ३० वर्षीय सरोज पुन, सोही महानगरापलिका–१५ का २३ वर्षीय गुल्सन चौधरी, सोही महानगरपालिका–१७ बिरौटाका २४ वर्षीय देउकी कार्की, सोही महानगरपालिका–५ मालेपाटनका २९ वर्षीय बुद्धिसागर रानाभाट, सोही महानगरपालिका–१३ आर्भाकी ३१ वर्षीया यशोधा पौडेल, सोही महानगरापलिका–३ नदीपुरका २७ वर्षीय दिप्रन्द शाह घाइते भए । घाइतेहरूको उपचार मेट्रोसिटी अस्पतालमा र गण्डकी मेडिकल कलेजमा भयो ।

झडपमा क्रममा पोखरा महानगरपालिका–६ लेकसाइडका २३ वर्षीय जिनित क्षेत्रीलाई फलामको रड सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिलाई आफन्तको जिम्मा रिहा गरिएको छ ।

बाराही घाट पुगेका नगर प्रहरीले भूमिपूजन रोक्न भनेपछि आयोजक पक्षका युवाहरुले आक्रमण गरेका थिए । बाराही घाटमा केही युवा लाठी र रडसहित देखिएका थिए ।
पोखरा महानगरपालिकाले पर्यटकीय केन्द्र लेकसाइडमा गर्न लागिएको सो कोटिहोम रोक्न उच्च अदालत पोखरामा फागुन १२ गते भ्याकेट निवेदन दर्ता गराएको थियो । गएको फागुन १ गते उच्चले दिएको अन्तरिम आदेश बेरितको भएको दाबीसहित महानगरको रिटमा उच्चले अन्तरिम आदेश दिन नपर्ने ठहरसहित सबै रिटलाई अग्राधिकार दिने आदेश गरेको थियो ।

महायज्ञको आयोजक नेपाल सेवा फाउण्डेशन नेपालले गर्न लागेको कोटिहोम महायज्ञ स्थल फेवातालको ६५ मिटरको मापदण्डमा पर्छ । केही दिनभित्रै तालको सीमाङ्कन गर्न सुरु गर्नुपर्ने र महानगरले कोटिहोम गर्न अनुमति नदिएकाले त्यसलाई रोकिएको नगर प्रमुख धनराज आचार्यले बताउनु भयो ।

मानव सेवा फाउन्डेसनले लेकसाइडमा वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म ‘श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ गर्ने जनाएको छ । यसअघि फाउन्डेसनले पोखराका चौतारीहरु जथाभावी काटेपछि महानगरले ती काठ जफत गरेको थियो ।

अन्य

भिडियो