INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुलरिया नगरपालिका–१ का २३ वर्षीया शिवप्रसाद थारुलाई प्रहरीले ०८१ फागुन २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २० गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको डिएसपी ऋषिराम घर्तिमगरले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २२ गते बर्दिया अस्पताल गुलरियामा भयो ।

अन्य

भिडियो