अपाङ्गता हुनुभएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेपालगञ्ज उमहानगरपालिका–१४ का ३६ वर्षीय निब्बर भन्ने मोहनलाल कोरी विरुद्ध ०८१ फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ फागुन २१ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनाका आरोपित फरार भएकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २१ गते भेरी अस्पताल, नेपालगञ्जमा भयो ।