INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्ष ८ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई ६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको ०८१ फागुन २० गतेको इजलासले दोषी ठहर गर्दै बालकलाई ६ वर्ष ८ महिना कैद सजाय, ६० हजार रुपियाँ क्षतिपूर्ति र ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ जरिबाना भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

पीडित बालिकालाई बालकले ०८१ साउन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ६ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते भेरी अस्पताल, नेपालगञ्जमा भएको थियो । आरोपितलाई प्रहरीले ०८१ वैशाख ४ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो