INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया दुई जना र आठ वर्षीया दुई जना गरी चार जना बालिकालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा प्रहरीले ५८ वर्षीय शिक्षक ओजेश भगतलाई फागुन २१ गते गिरफ्तार गरेको छ ।

विराटनगर महानगरपालिका-२ स्थित जनता नमूना माध्यमिक विद्यालयमा कक्षा १ र २ मा अध्ययन गर्ने बालिकालाई ०८१ फागुन २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिक्षक भगतलाई गिरफ्तार गरेको हो ।

आरोपित शिक्षकविरूद्ध पीडित पक्षले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा फागुन २१ गते गरिएको छ।

अन्य

भिडियो