१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नपा–६, नरपानी घरभइ बुटवल उपमहानपा–९ का १८ वर्षीय मिलन विकलाई प्रहरीले फागुन १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन १८ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।