INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कारको आरोपमा १७ वर्षीय बालकलाई फागुन १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पिसाब फेर्न फागुन १४ गते राति घरनजिकै निक्लिएकी बालिकालाई छिमेकी १७ वर्षीय बालकले फकाएर आफ्नो पसलमा पुर्‍याएको पीडितले बताउनु भयो । पीडितका अनुसार आरोपितले पसलमै बलात्कार गरेका हुन् ।

पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा फागुन १५ गते भएको छ ।

उजुरीका आधारमा अनुसन्धानपछि उजुरी दर्ता गरेर आरोपितलाई गिरफ्तार गरी प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

अन्य

भिडियो