गोली प्रहारबाट घाइते भएका दोगडाकेदार गाउँपालिका–८ का २२ वर्षीय सुदेन्द्र विष्टको मृत्युु भएको छ । दोगडाकेदार गाउँपालिकाको–८ का ४० वर्षीय कर्णबहादुर विष्टले फागुन १७ गते राति ८ बजेको समयमा गोली प्रहारबाट कालागाउँ चौसिला भन्ने ठाउँमा घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको अस्पताल लग्दै गर्दा मृत्युभएको हो ।
लेनदेनका विषयमा बिबाद हुँदा ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट सुरेन्द्रको मृत्युु भएको र घटनामा संलग्न आरोपित फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलदेब बडुले बताउनु भयो ।
शवको पोष्टमार्टन फागनु १८ गते जिल्ला अस्पताल, बैतडीमा गरिएपछि शव आफन्तलाई बुझाइएको समेत इन्स्पेक्टर बडुले बताउनु भयो ।