INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या आरोपमा तिन जना गिरफ्तार

वीरगञ्ज महानगरपालिका-२७ का १७ वर्षीय इशाल प्रसाद कुर्मीको हत्या आरोपमा सोही वडाका १९ वर्षीय मुकेश प्रसाद यादब, अरुण प्रसाद यादब र मुन्ना तिवारी समेत तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ।

मृतक र आरोपितहरू साथी रहेको प्रहरीले जनाएको छ । फागुन ७ गते मृतक र आरोपितहरू एकै ठाउँमा बसी तास खेल्ने क्रममा विवाद हुँदा हत्या गरी भेडाहा खोलामा फालेको आरोपितहरूले प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास भट्टले जानकारी दिनुभयो ।

त्यसैगरी, मृतकका बुवा जोगेन्द्र कुर्मीका अनुसार फागुन ७ गते काममा जान्छु भनेर हिँडेको छोरा घर नफर्के पछि फागुन ८ गते छोराको खोजतलास गरिदिनुहुन जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए ।

खोजतलासको क्रममा फागुन ११ गते इशाल कुर्मीको शव भेडाह खोलमा तैरिरहेको अवस्थामा फेला परेको थियो  र अनुसन्धानको क्रममा  आरोपितहरुले हत्या गरेको स्वीकारेको हुनाले निजहरुविरुद्ध ज्यान सम्बन्धि कसुरमा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम वीरगञ्जस्थित नारायणी अस्पतालमा फागुन ११ गते गरी परिवारजनलाई बुझाएको प्रहरीले जनायो ।

अन्य

भिडियो