१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुजरा नगरपालिका-६ इस्लामपुरका २० वर्षीय मुन्ना अन्सारीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन ८ गते उजुरी दिनुभयाे ।
पीडित बालिकालाई माघ ३० गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको डिएसपी राजकुमार राईले जानकारी दिनु भयाे ।
घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको डिएसपी राईले बताउनु भयाे ।
पीडित बालिकाको स्वस्थ्यपरीक्षण फागुन ८ गते चन्द्रपुर सरकारि अस्पतालमा भयो ।