१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १४ वर्षीया बालकलाई ०८१ फागुण १४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई फागुन १० गते आरोपित बालकले यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ ।
पीडितको तर्फबाट पीडितकी आमाले आरोपित बालकविरुद्ध ०८१ फागुन १३ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण फागुण १३ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरियो ।