INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका-१६ का ६८ वर्षीय तुलसीराम निरौलालाई फागुन १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ फागुन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध फागुन १३ गते इलाका प्रहरी कार्यालय, पकलीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १३ गते गरिएको छ ।

अन्य

भिडियो