१९ वर्षीया युवतीलाई लक्ष्मीनिया गाउँपालिका-३ का २१ वर्षीय रुपेश दासले बलात्कार प्रयास गरेको आरोपमा ०८१ फागुन १२ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिनुभएको छ ।
पीडित युवती फागुन १० गते साँझ ५ बजे खेतमा एक्लै घाँस काटिरहेको मौका छोपी आरोपितले बलात्कार प्रयास गरेको पीडित पक्षले आरोप रहेको छ ।
पीडितको स्वस्थ्य उपचार फागुन १२ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालयका, महेन्द्रनगरका वरिष्ठ हवलदार पंकज यादवले जानकारी दिनुभयो ।