INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई समूहबीच झडप हुँदा २१ जना घाइते

पाल्हीनन्दन गाउँपालिका-३ की १६ वर्षीया बालिका हराएपछि दुई स्थानीय समूहबीच झडप हुँदा २१ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा घटनामा पाल्हीनन्दन–३ का ५६ वर्षीय इन्ताफ अली, सोही ठाउँका ७० वर्षीय चोकर मुसलमान, ५१ का मोहम्मद पवरिया, ३५ वर्षीय विजय धवल, सोही ठाउँका ४५ वर्षीय बैजनाथ प्रसाद लोनिया, जिल्लाको सशस्त्र प्रहरी २६ नं. गणमा कार्यरत वरिष्ठ हवल्दार विजय बढई, सशस्त्र प्रहरी जवान ४१ का विर बहादुर कार्की, जवान ३० वर्षीय रमेश खत्री, जवान २६ का सुजन दर्लामी, जवान २६ का सुजन दर्लामी लगाएत २१ जना रहेका छन् ।

घाइतेहरूको स्वास्थ्य उपचार पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भइरहेको छ । विजय धवल र मोहम्मद पवरिया सिरियस अवस्थामा भैरहवा स्थित मेडिकल कलेजमा रिफर गरिएको अस्पतालका सूचना अधिकारी गोविन्द ज्ञवालीले बताउनु भयो ।

घटनामा पाँच राउण्ड अश्रु ग्यास, तीन राउण्ड हवाई फायर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नारायण थापाले बताउनु भयो । घटनामा प्रहरीको गाडी बा १ झ ७४४८ नं. पूर्ण क्षति भएको छ । घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानको लागि स्थानीय ६ जनालाई गिरफ्तार गरिएको इन्स्पेक्टर थापाले बताउनु भयो ।

अन्य

भिडियो