१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धर्मदेवी नगरपालिका-८ का ६४ वर्षीय दलबहादुर श्रेष्ठलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको ०८१ फागुन ११ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला आदेश भएको अदालतका श्रेस्तेदार भरतमणि पोखरेलले बताउनु भयो ।
अदालतको सोही आदेशले कसुरदारलाई ७ लाख रूपियाँ जरिबाना, २ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार पोखरेलले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०८१ वैशाख २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८१ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले ०८१ भदौ २३ गते गिरफ्तार गरी जिल्ला अदालतमा भदौ २४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको ०८१ भदौ ३० गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ भदौ २५ गते गरिएको थियो ।