INSEC Online

📅 २०८३ जेष्ठ २१

सिन्धुलीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान सुरु

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप ०८१ माघ २२ गतेदेखि सिन्धुलीमा लगाउन थालिएको छ ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले कमलामाई नगरपालिका ६ मा रहेको शिद्धस्थली इङ्गलिस बोर्डिङ स्कुलमा आयोजित एक औपचारीक कार्यक्रम बाट जिल्ला भर नै खोप अभियान शुभारम्भ गर्नु भएको हो । यो संगै जिल्लाका नौ वटै स्थानीय तहमा पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप लगाउन थालिएको छ ।

खोप अभियानको उद्घाटन गर्दै उहाँले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको खोप भएकाले निर्धक्क भएर लगाउन आग्रह गर्नुभयो । नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति अनुसार यो अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।

यस अभियान अन्र्तगत जिल्लाका १० बर्ष देखी १४ बर्ष उमेर समुहका १४ हजार ६२२ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने लक्ष्य भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिनुभयो । माग २८ गते सम्म सञ्चालन हुने खोप अभियान बाट ३०३ खोप केन्द्रबाट १४ हजार ६२२ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने जानकारी दिनुभयो । विद्यालयमा  कक्षा ६ देखी कक्षा १० सम्म अध्यनरत १४ हजार ५०५ किशोरी र विद्यालय बाहिर रहेका १० देखी १४ बर्ष उमेर समुहका ११७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने लक्ष्य रहेको जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई विद्यालयमा नै खोप दिइने र विद्यालय बाहिर रहेका किशोरीहरुलाई नजिकको विद्यालय वा नजिकको खोप केन्द्रमा खोप दिइने उहाँले जानकारी दिनुभयो । २२२ वटा विद्यालयमा माघ २२ गते देखी २८ गते सम्म खोप अभियान सञ्चालन गर्ने र माघ २९ गते ८१ वटा स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

खोप सञ्चालन गर्न २२३ जना स्वास्थ्यकर्मी र ४६२ जना स्वयमसेवक खटाइएको छ ।

अन्य

भिडियो