INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

५० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१६ का गोपाल विकलाई जिल्ला अदालतले सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले फागुन ९ गते दोषी ठहर गर्दै सात वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिबाना, ६० हजार रुपियाँ क्षतिपूर्ति र ३० हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला भएको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

विकले ०८० चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १५ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो । प्रहरीले आरोपितलाई चैत १५ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो