INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२० वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाइ बलात्कार गरेको आरोपमा शिवराज नपा–२, मौजा हारहात्तीका २१ वर्षीय गोविन्द यादव, सोही ठाउँकै ५६ वर्षीय सौखा भन्ने भुल्के अहिर विरुद्ध फागुन ५ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दर्ता भएको छ ।

पीडितलाई आरोपितले पुस २० गते अपहरण तथा शरीर बन्धक बनाइ बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ५ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो