INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपितहरू गिरफ्तार

४० वर्षीया र ३६ वर्षीया महिलाहरूलाई वीरगञ्ज महानगरपालिका-१६ स्थित न्यू शान्ति सैनिक होटेल सञ्चालक सोही वडाका ४५ वर्षीय गिनिलाल गुप्ता र होटेलमा आएका ग्राहक भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी थाना नकरदेई ग्राम भवानिपुर-६ का ४० वर्षीय जय प्रकाश साहलाई प्रहरीले गिरफ्तार गरेको छ ।

होटेलका सञ्चालक गुप्ताले रोजगारी र पैसाको प्रभोलन देखाई पीडित महिलाहरूलई यौन जन्य कार्यमा लगाएको आरोपमा ०८१ फागुन १ गते सञ्चालक र होटेलमा आएका ग्राहक साहलाई प्रहरीले गिरफ्तार गरेको हो ।

आरोपितहररूले राम्रो आम्दानिको प्रभोलन दिई होटलमा आउने ग्राहकहरूसँग यौन जन्य कार्यमा लगाएको पीडितहरूको आरोप छ ।

आरोपितहरूविरुद्ध फागुन १ गते पीडितहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा बेचबिखन तथा ओसारपसार शिर्षकमा उजुरी दिनुभयो । आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास भट्टले जानकारी दिनुभयो ।

अन्य

भिडियो