INSEC Online

📅 २०८३ जेष्ठ २१

मालपोत कार्यालयमा गुठीपीडित किसानको धर्ना

स्वर्गद्वारी गुठीपीडित किसानहरूले जिल्ला मालपोत कार्यालयमा धर्ना दिएका छ्न् । गुठी एन जारी गरि मोही हक कार्यान्वयनको माग गर्दै किसानहरूले फागुन ४ गते बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मालपोत कार्यालयको मुलगेटमा धर्ना दिएका थिए ।

Photo16022025Dang

गुठी ऐन जारी गर, मोही हक कार्यान्वयन गर लगाएतका नारा लगाउँदै किसानहरूले दिनभर धर्ना दिए । सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै किसानहरूले माघ १९ गतेदेखि राजधानीस्थित माइतिघर मण्डलामा रिले अनसन बस्दै आइरहेका छ्न् भने घोराहीमा धर्ना, जुलुस गर्दै आइरहेका छ्न् ।

Photo16022025Dang1

किसानको आन्दोलनका कारण दिनभर काम ठप्प भयो । कार्यालयमा कर्मचारी समेत जान नपाएपछि फर्किएको सेवाग्राही रामहरी चौधरीले बताउनु भयो । किसानहरूले माग पूरा नहुँदासम्म आन्दोलन जारी राखिने गुठीपीडित किसान सङ्घर्ष समितिका संयोजक प्रभु चौधरीले जानकारी दिनुभयो ।

Photo16022025Dang2

Photo16022025Dang3

अन्य

भिडियो