INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भोजपुर, षडानन्द नगरपालिका-२ का २२ वर्षीय सञ्जय तामाङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

बालिकालाई ०८१ माघ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको इन्स्पेक्टर लामिछानेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २ गते गरिएको छ ।

अन्य

भिडियो