१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका–५, हुलासपुर्वाका ३६ वर्षीय जंगबहादुर तेलीलाई प्रहरीले फागुन ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, भगवानपुरमा उजुरी दिएको थियो ।
अत्यधिक रक्तश्रावका कारण पीडितको स्वास्थ्य उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ ।