INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१ का २७ वर्षीय दामोदर खैकला मगरलाई जिल्ला अदालतले सात वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन २ गते दोषी ठहर गर्दै मगरलाई सात वर्ष कैद, ३ लाख २० हजार रुपियाँ जरिबाना र १ हजार ३ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

मगरले ०८० पुस ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पुस ७ गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण पुस ७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो । प्रहरीले आरोपितलाई पुस ७ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो