१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय दाइलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १ गते जिल्ला प्रहरी कार्यालय, बर्दियामा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको डिएसपी ऋषिराम घर्तिमगरले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ३० गते जिल्ला अस्पतालमा भयो ।