१६ वर्षीया बालिकालाई अश्लीलता प्रदर्शन गर्न लगाई अनुचित लाभ लिन खोजेको आरोपमा काठमाडौँ महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवरलाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिनु भयो ।
सामाजिक सञ्जाल स्न्यापच्याट चलाउने क्रममा पीडितलाई साथी बनाइ, फकाइफुल्याई अनलाइन ग्रुमिङसमेत गरी अनुचित लाभ लिनका लागि अनलाइन माध्यमबाट अश्लीलता प्रदर्शन गर्न लगाइ स्क्रिन रेकर्ड समेत गरेको पोल खुलेपछि पीडित बालिकाका अभिभावकले माघ २९ गते साइबर ब्युरोपमा उजुरी दिएका थिए ।
आरोपितलाई विद्युत्तीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी व्यूरोको टोलीले माघ २९ गते स्वयम्भूबाट गिरफ्तार गरेर जिल्ला अदालत काठमाडौँलेमा पेश गरी पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको साइबर व्यूरोले जनाएको छ ।