INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ १६ गते अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २९ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिनुभएकोमा सोहि दिन गिरफ्तार गरी सरकारी वकिल कार्यालय मार्फत सात दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २९ गते नारायणी सरकारी अस्पताल वीरगञ्जमा भयो ।

अन्य

भिडियो