देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिनेश अधिकारीले बताउनु भयो ।
स्थानीय पत्रकार जुगेश दासले मध्य राति भगतमाथि अज्ञात पक्षले गोली प्रहार गरेको बताउनु भयो ।
गोली प्रहारबाट टाउकामा चोट लागेका भगतको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।