INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

सूर्योदय नगरपालिका-११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई माघ २८ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा ५१ वर्षीय धनराज राईको ०८१ माघ २८ गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय छोरा एडवड राई, एडवडकी २६ वर्षीया पत्नी मालती तामाङ राईलाई अनुसन्धानका लागि गिरफ्तार गरेको हो ।

हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी एकनारायण कोइरालाले बताउनु भयो ।

मृतक राईको शव घरको भुइँतल्लाको बीचको कोठामा ०८१ माघ २८ गते फेला परेको थियो । टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायतका सामग्री फेला परेको एसपी एकनारायण कोइरालाले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा माघ २८ गते गरिएको छ । सोही दिन आफन्त शव बुझी सूर्योदय नगरपालिका-११ मा सद्गत गरेका छन् ।

अन्य

भिडियो