१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तारकेश्वर गाउँपालिका–१ का १९ वर्षीय राजकुमार परियारलाई माघ २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई माघ २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई तारकेश्वर गाउँपालिका–१ बाट माघ २८ गते नै गिरफ्तार गरी अनसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २८ गते त्रिशूली अस्पतालमा गरिएको छ ।