निषेधित क्षेत्र सङ्घीय संसद भवनमा प्रवेश गरेपछि दलित अभियन्ता ३८ वर्षीय खगेन्द्र सुनुवारलाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले जानकारी दिनु भयो ।
‘दलितको लागि दलित अभियान’ नेपालका संयोजकसमेत रहनुभएका सुनुवारले गृहमन्त्री रमेश लेखककै निर्देशनमा गैरकानुनीरूपमा अन्तरजातीय विवाह गरेका जोडीमाथि दमन गरेको भन्दै विरोध गर्दै आउनु भएको छ । सोही क्रममा अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले गिरफ्तार गरेर बानेश्वर वृत्तमा लगेको एसपी बोहराले जानकारी दिनु भयो ।
अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै माघ २८ गते दिउँसो संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले गिरफ्तार गरेको हो । घाँटीमा नेल लगाएर संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।