वीर अस्पतालको अप्रेशन थिएटरबाहिर ड्युटीमा रहेका बेला ग्यास्ट्रो सर्जन डा. शरद पोख्रेल र सानुमाया मगरलाई लगायत स्वास्थ्यकर्मीमाथि शुक्रबार कुटपिट भएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनु भयो ।
प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोमा रामेछापको गोकुलगङ्गा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्कालाई गिरफ्तार गरेको अस्पतालका निर्देशक पौडेलले जानकारी दिनु भयो ।
सामान्य अवस्थामा माघ २५ गते बिहान ९ बजे पूर्वनिर्धारित समयअनुसार पेटको शल्यक्रियाका लागि अस्पतालको बेड नं. ३६० मा भर्ना भएका रामेछापको गोकुलगङ्गा गाउँपालिका-६ का ६२ वर्षीय अमृत खड्का अस्पताल भर्ना हुनु भएको थियो ।
दिउँसो ३ बजेसम्म पनि अप्रेशन नभएपछि चिकित्सकहरूसँग आफन्तले अप्रेसनबारे सोधीखोजी गरेका थिए। त्यसक्रममा चिकित्सकहरूसँग सामान्य विवाद भएको बिरामीका आफन्तले जानकारी दिए ।