INSEC Online

📅 २०८३ जेष्ठ २१

घरायसी विवादमा आमालाई पेट्राल छर्किएर आगो लगाउने घटनाका आरोपित फरार

घरायसी विवादका क्रममा कोपिलासगढी गाउँपालिका-७ सुङदेलकी ७८ वर्षीया ज्येष्ठ नागरिक गौमाया राईलाई माघ २७ गते पेट्रोल छर्किएर आगो लगाउने घटनाका आरोपित ३८ वर्षीय नीरकुमार राई फरार भएको प्रहरीले जनाएको छ ।

घरायसी विवादका क्रममा ७८ वर्षीया आमा गौमाया राई र ५५ वर्षीया छिमेकी देशमाया राईलाई आरोपितले ०८१ माघ २७ गते पेट्रोल छर्किएर आगो लगाइ घाइते बनाएको इलाका प्रहरी कार्यालय, बाक्सिलाले जनाएको छ ।

गौमाया र देशमायाको पेट्रोल छर्किएर आगो लगाएका कारण कम्मरमुनिको भाग, दुई ओटा हात र अनुहार जलेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि माघ २८ गते वर्न अस्पताल काठमाण्डौ रेफर गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर रूपेश संग्रौलाले बताउनु भयो।

घरायसी विवादमा आरोपित नीरकुमारले आमा र छिमेकीलाई पेट्रोल छर्किएर आगो लगाएको सूचना स्थानीयले प्रहरीलाई दिएको र घटनास्थलमा प्रहरी पुग्दा आरोपित फरार भइसकेको इलाका प्रहरी कार्यालय, बाक्सिलाले जनाएको छ ।

अन्य

भिडियो