INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार घटनाका फरार आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी उपनगरपालिका–२ का १८ वर्षीय भुपेन्द्र नागरी विरूद्ध  माघ २६  गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गरिएको छ ।

पीडित बालिका माघ २५ गते विद्यालयबाट घर फर्किने क्रममा आरोपितले चक्कु देखाई धम्की दिएर बलात्कार गरेको पीडित बालिकाले आफन्तलाई जानकारी गराएपछि प्रहरीमा उजुरी दिएको पीडितका आफन्तले  बताउनु भयो ।

पीडित पक्षले आरोपित विरुद्ध माघ २६ गते उजुरी दिएपछि फरार आरोपितको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कबिन्द्रसिह बोहराले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो