१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका ३८ वर्षीय राजकुमार भुजेललाई माघ २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ पुस १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मनिष लुईटेलले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २५ गते गरिएको छ ।