१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-८ का ४५ वर्षीय भक्तबहादुर राईलाई माघ २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिम्लसिनाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २६ गते गरिएको छ ।