INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौमुखी गाउँपालिका-५ का २२ वर्षीय कुलमान थापामगरलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २५ गते जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव केसीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २५ गते जिल्ला अस्पताल, बिजुवारमा भयो ।

अन्य

भिडियो