INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपितविरुद्ध उजुरी

गौशाला नगरपालिका-८ की २० वर्षीया खुश्बु यादवको हत्या गरेको आरोपमा निजका पति २५ वर्षीय अभिषेक यादवविरुद्ध मृतकका माइत पक्षले ०८१ माघ २० गते जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिनुभएको छ ।

खुश्बु र अभिषेकको विवाह ०८१ मङ्सिर २१ गते विवाह पञ्चमिको दिन भएको थियो । माघ २० गते पति पत्नीबीच घरायसी विवाद हुँदा आरोतिपले धारिलो हतियार प्रहार गरी छोरीको हत्या गरेको मृतकका माइत पक्षको आरोप रहेको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका डिएसपी सन्तुलाल जैसवारका अनुसार शव गौशाला नगरपालिका-५ स्थित विद्युत प्राधिकरणको कार्यालयदेखि ५ सय मिटर उत्तर तर्फ खेतमा फेला परेको थियो ।

हत्या मृतकका पतिले गरेको भन्दै माइती पक्षले माघ २० गते उजुरी दिएको इलाका प्रहरी कार्यालय, गौशालाका इन्स्पेक्टर उत्तम सिंह भण्डारीले जनकारि दिनुभयो ।

घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास गरिरहेको डिएसपी सन्तुलाल जैसवारले जानकारी दिनुभयो ।

शवको पोष्टमर्टम माघ २० गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।

अन्य

भिडियो