INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका-१ का ३० वर्षीय केशव दाहाललाई माघ १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १८ गते गरिएको छ ।

अन्य

भिडियो