INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  सिलिचोङ गाउँपालिका-४ का २३ वर्षीय अमृत राईलाई माघ १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ पुस २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरिएको इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १८  गते गरिएको छ ।

अन्य

भिडियो