१९ वर्षीया युवतीलाई जितपुर सिमरा उपमहानगरपालिका-१४ की ३८ वर्षीया मिरा कुमारि महत्तो र ओखलढुंगा दियाले गाउँपालिका-५ का ३३ वर्षीय दिपेश राई हाल वीरगञ्ज महानगरपालिका-१६ स्थित स्वस्तिका होटलका सञ्चालकद्वयले रोजगारी र पैसाको प्रलोभन देखाई यौन जन्य कार्यमा लगाएको आरोपमा ०८१ माघ १७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितहरूले राम्रो आम्दानीको प्रभोलन दिई होटलमा आउने ग्राहकहरूसँग यौन जन्य कार्यमा लगाएको पीडितको आरोप रहेको छ ।
आरोपितहरूविरुद्ध माघ १७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा बेचबिखन तथा ओसारपसार शिर्षकमा उजुरी दिएनुभयो ।
आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धानका लागि सोहि दिन जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास भट्टले जानकारी दिनुभयो ।