INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-६ का २९ वर्षीय लव भनिने राजेन्द्र साहुविरुद्ध पीडित पक्षले ०८१ माघ १८ गते इलाका प्रहरी कार्यालय केशरगञ्जमा उजुरी दिनुभएको छ ।

घरमा कोही नभएको मौका छोपी माघ ८ गते आरोपितले पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।

घटनापश्चात आरोपित साहु फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर उमाकान्त जोसीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो